Logo

भारतीय भुमि जोगाउन सेनालाई सम्पूर्ण अधिकार दिइएको छ : प्रधानमन्त्री मोदी



६ असार : लद्धाखमा चिनिया सेनासंगको भिडन्तमा २० जना सैनिकको ज्यान गुमाएका भारतले आवश्यक परे फौज प्रयोग गरेर सिमाको रक्षा गर्ने दायित्व रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भारतीय सिमा भित्र कुनै विदेशी सेना नरहेको र उक्त भूभागमा नहराएको स्पष्ट पारेका छन् ।शुक्रवार सम्वोधन गर्दै मोदीले भारतीय भुमि जोगाउन सेनालाई सम्पूर्ण अधिकार दिइएको बताएका छन् । एकले अर्कालाई सिमा अतिक्रमण गरेर भिडन्तका लागि उक्साएको आरोप लगाएका छन् ।  भारतले उक्त क्षेत्रमा शान्ति तथा मित्रता चाहेको छ । तर, सार्वभौम जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन् ।

भारतले भने लद्धाखको गल्वान उपत्यकाको भिडन्तमा दुवै पक्षमा क्षति भएको दावी गर्दै आएको छ । झडप पश्चात वार्ता भने हुने भएको छ। वार्ता सकारात्मक हुने दुवै पक्षको विश्वास रहेको छ।



प्रतिक्रिया दिनुहोस्