एजेन्सी, ७ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८९ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ४ लाख ६६ हजारको मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा २३ लाख २९ हजार संक्रमित संख्या पुगेको छ । जसमध्ये एक लाख २१ हजारको मृत्यु भइसकेको छ ।
ब्राजिलमा १० लाख ७० हजार संक्रमित संख्या पुगेको छ । जसमध्ये ५० हजारको मृत्यु भइसकेको छ ।
रुसमा ५ लाख ७६ हजार संक्रमितमध्ये ८ हजारको मृत्यु भएको छ । भारतमा संक्रमित संख्या ४ लाख ११ हजार नाघेको छ । जसमध्ये १३ हजारको मृत्यु भएको छ ।




प्रतिक्रिया