Logo

प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई, एमसीसीबारे छलफल



काठमाडौं, ७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले ओलीलाई भेटेका हुन् । उनीहरुबीचको भेटवार्ताबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन् ।

स्रोतकाअनुसार ओली दाहाल भेटमा एमसीसीबारे छलफल भएको थियो । अध्यक्ष दाहालले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने आफ्नो मत राखेका छन् । पार्टीको निर्देशनबमोजिम अघि बढ्नुपर्नेमा दाहालको जोड थियो । प्रधानमन्त्री ओलीले एमसीसीलाई अल्झाएर राख्न नहुने भन्दै निकास दिनुपर्ने आफ्नो भनाई राखेको बुझिएको छ । प्रधानमन्त्री ओली सुरुदेखि नै एमसीसीको पक्षमा रहेका छन् । उनले संसदबाट एमसीसी पारित गराउनुपर्ने मत राख्दै आएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्