Logo

ग्रहणले आँखा, पाचन देखि गर्भमा समेत असर पार्ने



एजेन्सी, ७ असार । यस वर्ष दूई वटा सुर्य ग्रहण लाग्ने छ । सन् २०२० को पहिलो सुर्य ग्रहण देखिएको छ । आइतबार १०ः ४५ मा लागेको सूर्य ग्रहण २ः ३० मा सकिएको छ ।

चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएको कारण सूर्य ग्रहण लाग्ने गर्दछ । यसबेला सूर्य, चन्द्रमा र पृथ्वी एक रेखामा हुन भएकाले चन्द्रमाको प्रकाश पृथ्वीमा पर्ने गर्दछ । चन्द्रमा सूर्यको बीच भागलाई छेक्ने हुनाले यसलाई एन्नुलर सुर्य ग्रहण भनिन्छ । त्यसकारण सुर्यको गोलाकार क्षेत्रको बाहिरी भाग प्रति मात्र प्रकाश देखिने गर्छ । त्यसलाई रिङ अफ फायर भनेर सम्बोधीत गरिन्छ । ग्रहण लाग्ने प्राकृतिक घटना रहेतापनि ग्रहण लागेको समयमा केही मानिसहरुलाई असर समेत पर्ने सक्ने हुन्छ ।

१. गर्भवती महिलाः ग्रहण गर्भवती महिलाका लागी उपयुक्त नरहेको पहिलै देखि चलिआएको धारणा हो । ग्रहण लागेको समयमा गर्भवती महिलालाई हानी पुर्याउन सक्ने अनुमान गरिएको छ । त्यसकारण घरबाट बहिर नजान उपयुक्त हुने बुझिएको छ । गर्भवती महिला घर बाहिर निस्केमा उनलाई बच्चा पाउने समयमा अप्ठ्यारो हुने र बच्चा स्वस्थ्य नहुन सक्ने बुझिएको छ ।

२. आँखा कमजोर हुनुः ग्रहण लागेको समयमा आफ्नो आँखाले सीधै सुर्य नहेर्न विज्ञहरुले सुझाएका छन् । सिधै आँखाले सुर्य हेर्दा आँखा कम्जोर भइ नदेख्ने सक्ने समेत हुने गर्दछ । सुर्य ग्रहणलाई हेर्न चाहने मानिहरुले विभिन्न प्रविधि आपनाई हेर्न सक्ने विज्ञहरु बताउँछन् ।

३. ग्रहणले पाचन प्रक्रियामा हानी पुर्याउन सक्छ : विगत देखि कमजोर मानिसलाई ग्रहणको समयमा पाचन प्रक्रियामा समस्या आउने मान्यता चलिआएको छ । त्यसकारण ग्रहणको समयमा मानिसहरुले खान र पिउन बन्देज गर्दछ ।

४. ग्रहणले सुस्त महसुस गराउन सक्छ : रातभर सुतेपनि ग्रहणको समयमा मानिसलाई थकित र सुस्त बनाउने गर्दछ । त्यसकारण उक्त समयमा प्रभावकारी कदम नचाल्न विज्ञहरु सुझाउँछन् ।

५. मानिसको मुड परिवर्तन हुने : ग्रहण लागेको समयमा मानिसहरुको साकारात्मक मुड स्वतः परिवर्तन भइ नाकारात्मक हुन सक्नेछ । उक्त समयमा चिरचिरा पर्न आउनु र रिस उठ्न सक्ने जनाइएको छ ।

यी सब भनिएका कुराहरु विज्ञहरुद्वारा अनुमान गरिएको हो ।अहिलेसम्म विज्ञानले पूर्ण रुपले वास्तविकता पेश गरेको छैन् ।तर, आफ्नो आँखाले सुर्यलाई नहेर्न विज्ञहरुले सुझाएका छन् ।टाइम्स अफ इन्डिया



प्रतिक्रिया दिनुहोस्