Logo

गुरु द्रोणाचार्यको मृत्यु कसरी भयो



द्रोणाचार्य संसारको सर्वश्रेष्ठ धनुरधर थिए । यीनैले पांडव र कौरवलाई युद्धको ज्ञान दिएका हुन् । महाभारत सबैभन्दा ठुलो विश्वको युद्ध मानिएको छ । उक्त युद्धमा द्रोणचार्य शरीर कौरवको पक्षमा र मन पांडवको पक्षमा बाडेका थिए । उनले पांडवहरुको युद्ध जितेको हेर्न चाहान्थे । उनी भरद्धज मुनिका छोरा थिए । उनको विवाह कृपाचार्यको बहिनी कृपिसँग भएको थियो । उनीहरुको छोराको नाम अश्रत्थमा हो । उनले विद्याका सर्वश्रेष्ठ गुरु परशुरामसँग शिक्षा दिक्षा लिएका थिए ।

महाभारत युद्धमा द्रोणाचार्य कौरवको पक्षमा भीष्म शैयामा गएपछि सेनापती बनेका थिए । द्रोणाचार्यको संहारक शक्ति बढ्दै गएको देखेर पांडवहरुको कानमा पुग्यो । द्रोणाचार्य र अस्वस्थामाको रुप देखेर पांडवहरु हार्ने निराशा गर्दै श्रीकृष्णले भेदको साहारा लिन सल्लाह दिए ।

तर, झुट बोल्न अर्जुन र युधिष्ठिर राजी नभएपछि अश्रत्थमा नामको हात्तिलाई भिमले हत्या गरेका थिए ।  श्रीकृष्णको सल्लाह अनुरुप द्रोणाचार्यको छोरा अश्रत्थमा मारीएको हल्ला द्रोणाचार्यको कानमा पु¥याए । आफ्नो छोरा मारीएको कुरा के हो भनेर द्रोणचार्य आफै युधिष्ठिरको मा गए र धर्मराज युधिष्ठिरले अश्रत्थमा मारीएको हो, तर हात्ती भने ।

श्रीकृष्णले सोही समयमा शंख बजाइदिएकाले ‘तर हात्ती’ द्रोणाचार्यले सुन्न पाएनन् । उनलाई एकिन भयो कि आफ्नो छोरा मारिए । छोराको मृत्युको खबर सुनेपछि शस्त्र त्याग गरी रणभुमिमा शोकमा डुबेको अवस्थामा द्रौपदीका भाई धृष्टद्युम्नले निर्दोष द्रोणाचार्यको टाउको काटीदिए ।



प्रतिक्रिया दिनुहोस्