दिल्लीस्थित जेलमा कैदीको कोरोना संक्रमणबाट मृत्यु


एजेन्सी, ७ असार । भारतको दिल्लीस्थित एक जेलमा मृत्यु भएका पुरुषको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६२ वर्षीय कैदीको मृत्यु भएको पाँच दिनपछि कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुतेकै अवस्थामा ती कैदीको मृत्यु भएपछि कोभिड १९ को परीक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यस क्रममा उनको संक्रमण हिजो पुष्टि भएको थियो ।

ती कैदी हत्याको अभियोगमा दोषी ठहर भएका थिए । सन् २०१६ देखि उनी मन्डोली जेलमा राखिएका थिए । कैदीको मृत्यु भएपछि जेलमा त्रास उत्पन्न भएको बुझिएको छ ।