Logo

नेकपाको कारण मुलुकमा द्धन्द्ध बढ्ने भयो : ढुगांना (भिडिओसहित)



काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुगांना र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद नवराज सिलवालबीच नागरिकता विद्येयकको विषयमा सवालजवाफ भएको छ । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कांग्रेस नेता ढुगांनाले आफ्नो पार्टीे हिमाल, पहाड र तराई सबैलाई साथमै लिएर हिँड्न खोजेको स्पष्ट पारे ।

२०६३ सालमा सबै दलको सहमतिअनुसार नागरिकतासम्बन्धी अन्तरिम संविधानमा अहिलेसम्म चलिआएको प्रावधान राखिएको उनको भनाई छ । तर, नेकपाको कारण लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्बन्धमा हिमाल, पहाड र तराईबीच कायम रहेको एकता तोडिन लागेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्