Logo

मोदीले सबै अधिकार सेनालाई सुम्पिए



नयाँदिल्ली, असार ८ । बिस वर्षपछि सोमवार काश्मिरको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा आफ्ना २० जनाको सैनिकको ज्यान गुमाएका भारतले आवश्यक परेको खण्डमा सैनिक फौज प्रयोग गरेर भएपनि आफ्नो सिमाको रक्षा गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतयि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतिय सिमा भित्र कोहि विदेशी सेना नरहेको र कुनै पनि भूभाग नहराएको स्पष्ट पारेका छन् । उच्च हिमाली क्षेत्रमा भएको सो भिडन्तमा आफ्नो पक्षमा के कति मानविय क्षति भयो भन्नेबारे चीनले अझैसम्म मुख खोलेको छैन ।

आणविक शक्ति सम्पन्न दुवै मुलुक चीन र भारतले एकले अर्कालाई सिमा अतिक्रमण गरेर भिडन्तका लागि उक्साएको आरोप लगाएका छन् । शुक्रवार टेलिभिजन मार्फत सम्वोधन गर्दै मोदीले भारतिय भुमि जोगाउन सेनालाई सम्पूर्ण अधिकार दिइएको बताएका छन् । साथै उनले भारतले शान्ति तथा मित्रता चाहेको तर सार्वभौम जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन् ।

भारतले भने लद्धाखको गल्वान उपत्यकाको भिडन्तमा दुवै पक्षमा क्षति भएको दावी गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्