Logo

दुषित पानीमा कोरोना भाइरसको जैविक पद्धार्थ भेटियो



एजेन्सी, ८ असार । वैज्ञानिकहरुले दुषित पानीमा कोरोना भाइरसको जैविक पद्धार्थ भेटेका छन् । भारतीय वैज्ञानिकहरुले अध्ययनबाट यस्तो तथ्य पत्ता लगाएका हुन् ।

भारतको आइआइटी गान्धीनगरका वैज्ञानिकहरुले अहमदाबादको दुषित पानीमा भारतको जिन भेटेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

दुषित पानीमा कोरोना भाइरसको जैविक पद्धार्थको निगरानी भइरहँदा भारतको वैज्ञानिकहरुले यस्तो तथ्य खुलाएका हुन् । यसबाट दुषित पानीबाट कोरोना भाइरसको संक्रमण फैलनसक्ने अध्ययनको विषय बन्न पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्