Logo

पल शाह भाइरल



काठमाडौ, ८ असार । अभिनेता पल शाहको अभिनय रहेको ‘ए है माया’ बोलको गीत अहिले युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको छ । चर्चित गायिका मेलिना राई र गायक सरोज राईको आवाज रहेको यो गीत युट्युबमा धेरैले हेरेका छन् । भर्खर मात्र सार्वजनिक भएको उक्त गीतले छोटो समयमा १० लाख भन्दा धेरै भ्युज पाउन सफल भएको छ । दिपक शर्माको संगीतमा तयार भएको गीतको कारीयोग्राफर विक्रम स्वाँर हुन् ।

लकडाउनले घरमा बस्न बाध्य भएका मनोरन्जनात्मक कार्यक्रम हेर्न नपाएकाले पनि दर्शकले पल शाहको नयाँ भिडियोलाई मन पराएका छन् । उनी म्युजिक भिडियोबाट नै चलचित्र क्षेत्र प्रवेश गरेका हुन् । भिडियोमा पलको साथै सागर लम्साल ‘बले’, रियाषा दाहाल लगायतको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि पलले भिडियोलाई निकै समय दिएको देखियो । पलले दर्शकलाई कठिन परिस्थितीमा पनि हेरेर साथ दिएकोमा धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्