Logo

थाइल्यान्डमा बाँदरमाथि कोभिड १९ को भ्याक्सिन परीक्षण



एजेन्सी, ८ असार । थाइल्यान्डमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन  बाँदरमाथि परीक्षण भएको छ । यो परीक्षण सँसारमा कोभिड १९ को परीक्षणमा रहेको भ्याक्सिनमध्येको हो ।

थाल्यान्डमा १३ वटा बाँदरलाई सोमबार खोप दिइएको छ । अबको दुई हप्तामा भ्याक्सिनको परीक्षण अगाडि बढ्ने या नबढ्ने टुंगो लाग्ने भएको छ । अब खोपको विश्लेषण हुने भएको छ । बैंकको चुलालङकर्न विश्वविद्यालयका रिसर्च प्रमुख कियाट रुक्सरुन्गथामले रोग प्रतिरोधात्मक क्षमताबारे विश्लेषण हुने बताएका हुन् ।

थाइल्यान्ड सरकार कोभिड १९ को खोप परीक्षण सफल हुने आशा गरेको छ । खोप परीक्षण सफल भए आगामी वर्षको शुरुमा उत्पादन गर्ने योजना बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्