काठमाडौं, ९ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९१ लाख ८५ हजार पुगेको छ । कुल मृतक ४७ हजार पुगेको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा २३ लाख ८८ हजार संक्रमित भएका छन् । जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा संक्रमण डरलाग्दो बनेको छ । त्यहाँ ११ लाख ११ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ५१ हजारको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा सबैभन्दा भयावह अवस्था बन्दै गएको छ । त्यस क्षेत्रको ब्राजिल, चिली, पेरु, कोलम्बिया, इक्वेडरमा कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको छ ।
दक्षिण एशियामा पनि कोरोना भाइरस भयावह बन्दै गएको छ । भारतमा ४ लाख ४० हजार संक्रमित मध्ये १४ हजारको मृत्यु भइसकेको छ ।
पाकिस्तानमा एक लाख ८१ हजार संक्रमित भएका छन् । त्यहाँ ३५ सयको मृत्यु भइसकेको छ । बँगलादेशमा एक लाख १५ हजार संक्रमितमध्ये १५ सयको मृत्यु भउको छ । अफगानिस्तानमा २९ सय संक्रमित भएका छन् । नेपालमा ९ हजार ५ सय ६१ संक्रमित मध्ये २३ जनाको मृयु भएको छ ।




प्रतिक्रिया