Logo

कोराना परीक्षण: आरडीटीलाई मान्यता नदिन अदालतको आदेश



काठमाडौं, असार ९। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता नै नदिएको आरडीटी किट कमिसनका लागि खरिद गरेको र त्यसबाट गरेको परीक्षणलाई मान्यता नदिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

कोरोना भाइरस संक्रमणको परीक्षणका लागि सरकारले खरिद गरेको आरडीटीको विश्वसनियतामाथि अदालतले पनि गम्भीर प्रश्न खडा गर्दे आरडीटी परीक्षण गर्नुको कुनै अर्थ नरहेको प्रष्ट भएको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबार आरडिटी परीक्षणलाई मान्यता दिन अस्वीकार गरेको हो।जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले आरडिटी परीक्षण विश्वभर बन्द भएको कुरालाई उल्लेख गर्दै यसको परीक्षणमा प्रश्न उठाएको हो।



प्रतिक्रिया दिनुहोस्