Logo

भारतसँगको सिमानामा समस्या छ, काँडेतार लगाउनुपर्छ : नवल खड्का (भिडिओसहित)



काठमाडौं, ९ असार । नायक नवल खड्काले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा समावेश गरेको र सोहीअनुसार निशान छापसमेत मिलाएकोमा सरकारलाई धन्यवाद दिएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायक खड्काले सिमानामा काँडेतार लगाउनुपर्ने बताए ।

आफूहरुले त्यसको लागि अभियानसमेत चलाउँदै आएको खड्काको भनाई छ । सिमानामा काँडेतार लगाउनुपर्यो भनेर आफूहरुले सर्वोच्च अदालतमा रिट दायर गरेको पनि उनले सुनाए । त्यस्तै, आफूहरुले सिमा संरक्षण र सुरक्षासम्बन्धी कानून बनाउनुपर्ने, अध्यागमनसम्बन्धी कानून बनाउनुपर्यो र सुरक्षा बलसम्बन्धी कानून बनाएर अनि सिमानामा काँडेतार लगाउनुपर्ने उनको भनाई छ । बाँकी भिडिओमा:



प्रतिक्रिया दिनुहोस्