Logo

एमसीसीमा प्रधानमन्त्री ओलीलाई ईश्वर पोखरेलले साथ नदिने !



काठमाडौं, ९ असार । एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्नेबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रस्साकस्सी सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा एमसीसी पारित गराउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । तर, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एमसीसी संशोधन नगरी पारित गर्न नहुने पक्षमा उभिएका छन् ।

एमसीसीलगायतका अन्य विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक भोलि बस्दैछ । दाहाल-नेपाल समूहको ठूलो दबाबपछि ओली स्थायी कमिटी बैठक बोलाउन सहमत भएका हुन् । तर, बैठक भोलिपनि बस्छ वा बस्दैन् ? भन्नेबारे अझै स्थायी कमिटी सदस्यहरु विश्वस्त छैनन् । नेकपाभित्र अहिले पेचिलो बनेको विषय एमसीसी नै हो । पछिल्लो समय दाहाल-नेपाल समूहका नेताहरुले एमसीसीमै केन्द्रित रहेर निरन्तर भेटवार्ता तथा छलफल गरिरहेका छन् ।

एमसीसी कुनै हालतमा पारित हुँदैन- लिलामणि पोखरेल, नेता, नेकपा

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर एमसीसी पारित गराउने तयारी गरेपछि दाहाल-नेपाल समूहका नेताहरुको भेटवार्ता बाक्लिएको हो । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै एमसीसीको विरोध गर्नेहरुको आलोचना गर्दै आएका छन् । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा सम्बोधन गर्दा उनले एमसीसीबारे पढ्दै नपढी विरोध र आलोचना गरिएको भन्दै विरोध गर्नेहरुमाथि कटाक्ष गरेका थिए । त्यतिमात्रै होईन, यसलाई चाँडै पारित गराउने अडान दोहोर्याएका थिए । एमसीसीका सम्बन्धमा प्रधानमन्त्रीले राष्ट्रिय सभामा दिएको पछिल्लो अभिव्यक्तिले दाहाल-नेपाल समूहका नेताहरु झनै झस्किएका छन् ।

एमसीसी र मन्त्रिमण्डल पूनर्गठनबारे परामर्श गर्दै प्रधानमन्त्री ओली

एमसीसी जसरीपनि पारित गराउने प्रधानमन्त्रीको ओलीको तयारी देखेर चीनसमेत उनीसँग चिढिएको स्रोतको दाबी छ । चीनले एमसीसी रोक्नको लागि ठूलै कसरत गरिरहेको समाचार यसअघिपनि सार्वजनिक भैसकेका छन् । ओलीले पार्टीभित्र विरोध भैरहेको अवस्थामा पनि एमसीसी जसरीपनि पारित गराउने रणनीति अख्तियार गरेसँगै चीन उनीसँग रुष्ट बनेको हो । ओलीका विश्वासिलो नेताको रुपमा चिनिएका उपप्रधान एवम् रक्षामन्त्री ईश्व पोखरेलले समेत एमसीसीको सम्बन्धमा प्रधानमन्त्रीलाई साथ नदिने भएका छन् । उनीपनि दाहाल-नेपाल कित्तामा पुगेको स्रोतको दाबी छ । File Photo

Related News:

ओलीले देउवासँग मिलेर एमसीसी पारित गराउने, ह्विप लगाउने जिम्मा नेम्वाङलाई !

भीम रावललाई मन्त्री बन्न अफर !



प्रतिक्रिया दिनुहोस्