Logo

भारत-पाकिस्तान सिमामा फेरि नेपाली गोर्खा सैनिकको बलिदानी



एजेन्सी, ९ असार । जम्मु काश्मिरस्थित भारत र पाकिस्तानको सिमामा भएको गोलाबारीमा एकजना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । लाइन अफ कन्ट्रोल भनिने उक्त क्षेत्रमा सोमबार विहान भएको घटनामा हवल्दार दिपक कार्कीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

३७ वर्षीइ कार्की गुल्मी स्थायी घर भएका हुन् । भारतीय सेनाले पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै नौसेरा क्षेत्रको रजौरी जिल्लामा गोलाबारी गरेको भनेको छ । त्यहाँ खटिएका कार्कीलाई गोली लागी उपचारका क्रममा मृत्यु भएको थियो ।

कार्कीको पार्थिव शरीलाई आज गोरखपुर लगेर साँझ राजघाटमा अन्तिम संस्कार गरिएको थियो । पाकिस्तानसँगको सिमा क्षेत्रमा गोर्खा सैनिकहरुले भारतका लागि बलिदानी दिदै आएका छन् । यसअघि पनि धेरै गोर्खा सैनिकको उक्त क्षेत्रमा भिडन्तका क्रममा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्