उत्तर कोरियाद्वारा दक्षिण कोरियामाथिको हमला योजना रद्द


एजेन्सी, १० असार । कोरिया प्रायद्वीपमा युद्धको सम्भावना तत्काललाई टरेको छ । उत्तर कोरियाले सैन्य आक्रमणको तयारी गरिसकेकोमा अन्तिम समयमा आएर रद्द गरेको छ ।

उत्तर कोरियाली राष्ट्रिय टेलिभिजनले दक्षिण कोरियामाथिको सैन्य कारबाहीको योजना रद्द गरिएको उल्लेख गरेको छ । यसअघि उत्तरले दक्षिणसँगको सिमामा ठुलो संख्यामा फौज बढाएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनको अध्यक्षतामा बसेको बैठकले सैन्य कारबाही रद्द गरिएको जनाइएको छ । यसअघि गत हप्ता किमकी बहिनी किम यो जोङले केही हप्ता अघि अर्को कारबाहीको निर्देशन दिएकी थिइन् ।-File Photo: Agency