जर्मनीको मीट प्रोसेसिङ प्लान्टमा हजारौँको संख्यामा कोरोना संक्रमित


एजेन्सी, ९ असार । जर्मनीको एक मासु प्रशोधन प्लान्टमा हजारौँको संख्यामा कोरोना संक्रमित रहेको पत्ता लागेको छ । जर्मनीको उतरी राइन वेस्टफलिया राज्यको गोटर्सलोह जिल्लाको टेनिज मीट प्रोसेसिङ प्लान्टमा कार्यरत १५ सय मानिमा कोरोना संक्रमण देखिएको हो ।

त्यहाँ संक्रमित संख्या अत्यधिक मात्रामा देखिएपछि लकडाउन बारे सरकारले प्रेस कन्फरेन्स गर्ने जनाइएको छ । उक्त क्षेत्रमा रहेको रोबर्ट कोच संस्थान, सार्वजनिक स्वास्थ्य केन्द्र प्लान्टसंग जोडिएको कारण कोरोना भाइरसको प्रजनन दरमा व्यापक वृद्वि हुने जनाइएकोे छ । प्रकोपले दिउँका हेरविचारसम्बन्धी केन्द्रहरु, स्कुलहरुलाई बन्द गर्न बाध्यकारी बनाइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्लान्टमा विदेशी कामदारहरुको उपस्थिती रहको कारण उनीहरुमा जोखिम धेरै रहेको छ । प्लान्टमा संक्रमण देखिएपछि अधिकांश प्रशोधन केन्द्रहरु बन्द हुने भएको छ । त्यसकारण कामदारहरु जीवनस्तर अझ खराब हुने अवस्था छ ।