जुम्ला १० असार। अस्पतालमा कर्यर्रत चार जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सिल गरिएको छ ।
अस्पतालका निर्देशक डा मंगल रावलले मंगलबार राती नतिजा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । सो कारण अस्पतालको बहिरंग सेवा (ओपीडी) समेत ठप्प भएको छ । संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ । कर्णालीमा व्यापक मात्रामा कोरोना संक्रमित देखिएको छ।File Photo




प्रतिक्रिया