Logo

फेरिएको परिभाषा (कबिता)



बिनोद पोख्रेल-(हाल न्यूयोर्क) :

बिश्वास र भरोसाले बनेको मित्रता

बैचारिक जालो भित्र बेरिएको छ

हरेक बिहानी पल संग साटिने मित्रता

कलमको तिखो धारले सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

मित्रताको परिभाषा फेरिएको छ !!

चोखो भावनाले बनेको सम्बन्ध

शंकाको जालो भित्र बेरिएको छ

हरेक शुख र दुखमा भेटीने सम्बन्छ

हिडदा हिडदै चौबाटैमै सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

आफन्तको परिभाषा फेरिएको छ !!

आत्मियताले गाँसेको माया प्रेम

सुख सुबिधाको जालो भित्र बेरिएको छ

संगै जिउने संगै मर्ने खाएका कसमहरु

छल कपटको धारले सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

पिरतीको परिभाषा फेरिएको छ !!

छाति भित्र भरिएको मात्रित्वको भावना

बेडरुम भित्रको जालोले बेरिएको छ

पिठ्युमा बसेका बर्कोका गहिरा डामहरु

तिखो बोलि र बचनका धारले सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

ममताको परिभाषा फेरिएको छ !!

सेवाको भावनाले भरिएको समाज

ईर्ष्या र द्वेषको जालो भित्र बेरिएको छ

हरेक परिस्थितिमा एक जुट हुने समाज

आस्था र बिचारको धारले सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

समाजसेवाको परिभाषा फेरिएको छ !!

छाती भित्र बाधेर राखेका पिडाहरु

सिरानिमा पोखिने आशुले बेरिएको छ

ह्रदय भित्र साचेका खुसिका पलहरु

घर आगन भित्रकै व्यबहारले सेरिएको छ

खै जमाना कस्तो आयो अचेल

यो जीवनकै परिभाषा फेरिएको छ !!



प्रतिक्रिया दिनुहोस्