Logo

नक्कली फोटो र भिडियोमा रोक लगाउन गुगलको नयाँ टुल



एजेन्सी १० असार : नक्कली फोटो र भिडियोमा रोक लगाउन गुगलले नयाँ टुल जडान गरेको छ । नक्कली फोटो र भिडियोका तथ्य जाँच्ने नया मार्कर टुलमा जोडिएको छ । जसलाई गुगल सर्च रिजल्टसँगैको फोटोमा देख्न सकिनेछ ।सर्च रिजल्टको तथ्य जाँच्न प्रत्येक दिन ११ लाख बढी पटक हुने गुगलले जनाएको छ । गुगलमा फोटो खोज्ने क्रममा फोटोको मुनि तथ्य जाँच्ने लेबल देखिनेछ, ।

पटक पटक गलत फोटो र भिडियोका कारण मानिसहरुले समस्या झेल्नु परिरहेको कारण गुगलले उक्त प्रबिधि जडान गरेको हो । गुगलले अब बास्तविक फोटो तथा भिडियो मात्रै राख्नेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्