Logo

द. कोरियाबाट जिन एयरले पहिलो पटक नेपाल उडान गर्ने



असार १०, काठमाण्डौ । दक्षिण कोरियामा संचालित जिन एयरले इन्छन–काठमाडौँ–इन्छन चार्टर उडान गर्ने भएको छ । ३० जूनमा पहिलो उडान गर्नेगरी तयारी गर्दै गरेको जानकारी दिएको छ ।

अहिलेको विषम परिस्थितिमा चार्टर उडान संचालनको लागि चार्टर उडान ब्यावस्थापन गर्ने पक्षले सम्बन्धित देशमा रहेको नेपालि राजदुतावासको समन्वयमामात्र प्रक्रिया अगाडी बढाउनुपर्ने सन्दर्भमा सो कार्य पुरा भएको जनाइएको छ ।

यस उडानको ब्यावस्थापन एन आर एन ए, दक्षिण कोरिया र नेपाली राजदुतावासको समन्वयमा कोरियामा रहेका दुइवटा ट्राभल एजेन्सी नेपाल टुर कम्पनी र लिंक एशिया टुर्सले गर्ने जनाइएको छ । ब्यावस्थापन पक्षले यात्रुलाई आवश्यक विस्तृत विवरण छिटै सार्वजनिक गर्ने बताएको छ ।

जिन एयरको यो विकल्प यात्रु महानुभावको लागि सहुलियतपूर्ण हुने देखिएको छ । यस अघि कोरियन एयर मार्फत नेपालबाट कोरिया जाने यात्रुले एकतर्फी भाडा USD1250 तिरेका थिए भने अब USD 750 मात्र लाग्ने छ । कोरियाबाट नेपाल फर्किने यात्रुले USD 700 तिर्नुपर्ने जनाइएको छ ।

एजेन्सीहरुको सल्लाहमा जिन एयरले कोरियाबाट प्रस्थान समय दिउसको १ ः ३० बजेलाई निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्