एजेन्सी १० असार । रुसको रेड आर्मीले विश्वको भविष्यलाई बचाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दाबी रहेको छ । रेड आर्मीले विश्वको बचाव नगरेको भए विश्वकोे भविष्य कल्पना गर्न असम्भव रहेको पुटिनले भिक्ट्री डे परेडको समारोहमा भनेका हुन् ।
बुधबार मस्को रेड स्क्वायरमा उनले सो कुरा भनेको हुन् । रेड आर्मी कुनै पद, सम्मान, देश, सीमा भन्दा माथिको लक्ष्य रहेको पुटिनले बताए । उनीहरुको लक्ष्य जीत मात्र हासिल गर्ने प्रति पुटिनले गर्भ महसुस गरे ।
रेड आर्मीले युरोपको स्वतन्त्रताका लागी एक अपूरणीय मूल्य समेत चुकाएको विषय पुटिने जनाएका छन् । विगतमा भएको संघर्षको वेला नाजीहरुका विरुद्व सोभियतका सैनिकहरु लड्न तयार रहेको स्मरण पुटिनले गराएका छन् । नाजी विरुद्वको लडाईमा हजारौँ शैनिकहरु विदेशी भूमिमा आफ्नो ज्यान गुमाएका कारण उनीहरुको स्मरण गर्न हाम्रो कर्तव्य रहेको पुटिने बताए । सन् १९४५ मा ८० प्रतिशत जर्मनीका सेनाहरु यूएसएसआर विरुद्व खनिएका थिए ।
उक्त जवाफमा सम्पूर्ण यूएसएसआरले एकताको बलमा जीत हासिल गर्न सफल भएको पुटिने जनाएकोछ । हाम्रो देशको नागरिकले त्यसवेला निकै महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । सोभियत नागरिकले उक्त समयमा छ सय दुश्मनको जगलाई तहस नहस पारेको र उनीहरुको हातहतियारलाई नष्ट गर्न ठूलो भूमिका खेलेको उनले बताए ।
रुसी राष्ट्रपतिले गरको युद्वको चित्रण वास्तवीक रहेको बताए । यसप्रति हामीले गर्भ गर्नुपर्ने र युद्वको विषलाई संरक्षण गर्दै आफ्ना आउने पिढीलाई जानकारी गराउनमा पुटिनले बताए । विभिन्न राष्ट्रियता बोकेका मानिसहरुले त्यस वेला सोभियतलाई माया गर्दै नाजी प्रति खनिएको विषमा उनी गौरभाम्वित महसुस गरिरहेको पनि उनदे जिकीर गरे । आजको सैन्य परेडले यस पवित्र सत्यलाई सम्मान गर्दछ जसले सम्पूर्ण विश्वयुद्व परिणामलाई आकार दिन ठूलो भुमिको खेलको अन्यमा गम्भीरताका साथ पटिनले भने ।Photo Source : TASS




प्रतिक्रिया