काठमाडौं, असार ११ । बाग्मती प्रदेशको राजधानी मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १८ पुगेको छ । सङ्क्रमतिमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।भारतबाट फर्किएका आठ र वैदेशिक रोजगारीका लागि गएर हवाइमार्ग हुँदै आएका तीन जना महिलामा कोरोना पुष्टि भएको छ । हवाइमार्ग हुँदै आएकाहरू काठमाडौँमा नै उपचाररत छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिका वीरगञ्जलाई कार्यक्षेत्र बनाएर कार्यरत पत्रकारमा कोरोना पुष्टि भएकोमा उपचारपछि घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानमा गरी ३५२ बेड रहेको क्वारेन्टाइनमा १०३ जना, ३५ बेड रहेको आइसोलेसनमा १३ जना र होम क्वारेन्टाइनमा ३०५ जना बस्दै आएका छन्।
मकवानपुरमा एक हजार ७४६ आरडीटी परीक्षण गरिएकोमा १८ जनामा पोजेटिभ र ८४९ स्वाबको नमुनाको पीसीआर परीक्षण गरिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई पछिल्लो समयमा हेटौँडा–४ स्थित आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया