Logo

चीनले सगरमाथाको चुचुरो आफ्नो नक्शामा राख्दा र भुमी अतिक्रमण गर्दा सरकार मौन



काठमाडौं, ११ असार । सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै भन्ने गरेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल नक्शामा हेर्यो भने चुचुरो चीनतर्फ देखाउँछ ।

चीनले चुचुरोसम्म प्रभाव राख्ने गरी फाइभ जी इन्टरनेट प्रविधि जडान गरिसकेको छ । उसले सगरमाथाको उचाई नापिरहेको छ । संयुक्त रुपमा उचाई सार्वजनिक गरेर चुचुरो आफ्नो पनि हो भनी विश्वलाई सुनाउन र देखाउन खोजिरहेको छ । तर, सरकार यसमा सहयोगी बनिरहेको छ ।

चीनले उत्तरतर्फ नेपाली भुभाग अतिक्रमण गरेको खबरहरु आइरहेको छ । हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा भएको छ । तैपनि, सरकार मौन छ ।

नेपालका निजी तथा सरकारी विद्यालयमा धमाधम चिनियाँ भाषा अध्ययन गराउनेहरु योजनावद्ध तरिकाले प्रवेश गरेका छन् । अध्यापन गराउनेहरु चिनियाँ सैनिक पनि भएको विषय बाहिर आउन थालेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल पसेको भन्दै ट्वीटरमै लेखेका छन् । यसबारे पनि सरकार मौन छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेकोमा सबै दल बोले र नयाँ नक्शा पनि राष्ट्रिय सहमतिका साथ जारी गरे । तर, चीनले भुमि अतिक्रमण गरेको र चिनियाँको नेपालमा गम्भीर गतिविधिबारे खुलासा हुँदा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकार मौन रहनुलाई गम्भीरताका साथ लिइएको छ । अहिले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच नजिकको सम्बन्ध रहेको छ । नेकपामा चीनको प्रभावबारे विषय उठिरहेको छ । चीनले भुमि अतिक्रमण गर्दा सरकार र नेकपाको मौनताले उसमाथि लागेको चीनपरस्तको आरोप पुष्टि हुने बलियो आधार बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्