Logo

एमसीसीलाई‘अमेरिकन बोतलको रक्सी’का रुपमा हेरेकाले नेकपा भित्र विवाद



काठमाडौं, असार ११ । नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेकपाका नेताहरुले एमसीसीलाई ‘अमेरिकन बोतलको रक्सी’का रुपमा लिएकाले यसलाई पारित गराउने वा नगराउने भन्ने विषयमा विवाद उठेको बताएका छन् । उनले एमसीसीमा सहमति गर्दा कांग्रेस र कम्युष्टिको संयुक्त सरकार भएकै समयमा गरिएपनि अहिले पारित गर्ने कि नगर्ने भन्ने विषय सरकारको भएको बताए ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै एमसीसीमा केहि विवाद देखिएकाले भविश्यमा लागुहनुे कानूनका विषयहरुमा नेकपा सरकार स्पस्ट हुनुपर्ने उनको भनाई छ । उनले तोकिएको समयमा एमसीसी पारित हुने अवस्था नदेखिएको भन्दै म्याद थपगर्ने कुरा अगाडी बढाउनुभन्दा पहिले यसलाई पारित गर्ने कि नगर्ने भन्ने विषयमा नेकपा स्पस्ट हुनुपर्ने धारणा राखे।

नेपाली कांग्रेस नेपालको मुलधारको राजनीतिक पार्टी भएकाले एमसीसीका विषयमा गम्भिर रहेको भन्दै उनले बाहिर भनिए जस्तो वित्तिय अनुशासन भन्दा बाहिर र बौद्धिक सम्पतिमा धावा बोल्ने जस्ता विषय सम्झौतामा नभएको बताए। वैदेशिक सहयता जस्ता केहि विषयमा यसले प्रभाव पार्ने भएकाले संसदमा मतदान गर्ने अवस्था आए कांग्रेसले पक्षमा मतदान गर्ने ृउनको भनाई छ।

डा खड्काले भने,‘एमसीसी अगाडी बढाउन हामीले दवाव दिएका छैनौ । नेकपाका नेताहरुले यसलाई ‘एम’ भनेको अमेरिका र ‘सीसी’ बोतलको रक्सीको रुपमा व्यख्या गरिहेका छन । कतिले के के खाए, मातेको जस्तो देखाएका छन् । नभएका कुरा गरेर भाड्ने काम भयो । वित्तिय अनुसाशन कायम छ । बौदिक सम्पतिमाथि धावा बोलेको छैन । काम गर्दै जाँदा विवाद आयो भने पास नगर्ने कुरा सरकारको हो ।’



प्रतिक्रिया दिनुहोस्