ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित ११ हजार नाघे


काठमाडौं, १० असार । नेपालमा कोरोना भाइरसको ठुलो संख्यामा संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ११ हजार नाघेको छ । यसको औपचारिक जानकारी साँझ नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जानकारी गराउनेछ ।

यसैगरी हिजो एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै कुल संक्रमित संख्या २५ पुगेको छ ।

यसअघि हिजो कुल संक्रमित १० हजार ७ सय २८ पुगेको थियो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष थियो ।