काठमाडौं, ११ असार । महानायक राजेश हमालले स्वदेश फर्किरहेका नेपाली आप्रावासी कामदारहरुको पक्षमा एकजुट भइ उनीहरुको हौसला बढाउन अपिल गरेका छन् । हमालले मंगलबार सामाजिक सञ्जाल फेशबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका छन् । उनले अहिले ऐक्यबद्धताको लागि जुट्ने समय भएको पनि बताएका छन् । हमालले भिडिओ सेयर गर्दै लेखेका छन्,-‘हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबहिनीहरू आफ्नो घर फर्किदैछन्, आउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।’




प्रतिक्रिया