Logo

नेपालका अभिजात वर्गलाई चीनले खरिद गरिरहेको आरोप लगाउँदै ‘निर्वासित तीब्बतीका राष्ट्रपति’ लोब्साङ साङ्गेले भने- चीनले तिब्बतलाई कब्जा गर्दाको रणनीति नेपालमा चाल्यो



एजेन्सी ११ असार ।  ‘तिब्बतका निर्वासितहरुका राष्ट्रपति’ लोब्साङ साङ्गेले नेपाल छिट्टै चीनको कब्जामा पुग्ने अभिव्यक्ति दिएका छन् । नेपालका अभिजात वर्गलाई चीनले खरिद गरिरहेको र तिब्तीकरणको गतिमा लगिरहेको उनको भनाई छ ।

वीअनन्युजमा ८ असारमा प्रकाशित अन्तवार्तामा के नेपाली अभिजात वर्गलाई चीनले खरिद गरिरहेको छ ? भन्ने प्रश्नमा लोब्साङ साङ्गेले भनेका छन्, ‘उनीहरु सबैतिर यस्तै गरिरहेका छन्, धनी देशहरुमा त यस्तो देखिएको छ भने नेपालमा यस्तो गर्नुलाई आश्चर्य मान्नुपर्दैन ।’

तिब्बतलाई जसरी चीनले कब्जा गर्नसक्नेतर्फ आफूहरुले नेपाललाई भन्दै आएको बताए । उनले तिब्बत कब्जा गर्दा चीनले पहिले विकास बोकेर आएको र पछि हतियार र सेना बोकेर पसेको बताए । चीनको रणनीति अभिजात वर्गलाई हातमा लिएर नियन्त्रणमा लिने रहेको उल्लेख गरेका छन् । साङ्गेले भने, ‘राजनीतिक दलका नेता, व्यवसायीका नेता, बौद्धिक वर्ग, पत्रकार र धार्मिक नेताहरुमा जानुहोस् । ती अभिजात वर्गलाई उनीहरुले किन्छन् । जब वास्तविक नियन्त्रण कायम हुन्छ तब अभिजात वर्ग नै विभाजित भई एकाथरी आफ्नो देशलाई समर्थन गर्छन् र अर्काथरी चीनलाई । यसरी ६० वर्षअघि तिब्बतमाथि कब्जा जमाएको थियो जुन रणनीतिलाई ब्लुप्रिन्टका रुपमा नेपालमा पनि लागू गर्दैछ ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विस्तारवाद नीतिहरुलाई भारतीय उप महाद्वीप तीब्र गतीमा फैलाइरहेको उनको आरोप थियो । नेपाल संगै चीनले लद्दाख, अरुणाञ्चल प्रदेश र सिक्किम र भुटान समेतमा कब्जा गर्न योजना बनाएर बढिरहेको उल्लेख गरे ।

चीनले तीब्बतमा विकास गरिदिने भन्दै बाटो विस्तारका योजनाले ल्याएको इतिहास सुनाए । सडक निर्माण भएपश्चात व्यापक मात्रामा चीनको सेना, ट्याङ, ट्रकहरुतीब्बत प्रवेशगरी तीब्बत कब्जामा लिएको बताए । उक्त गतिविधि भित्र नेपाल जानी नजानी प्रवेश गरिसेको उनले बताए । यसप्रति गम्भीर हुन नेपाललाई चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्