Logo

अमेरिकामा कोरोनाको अवस्था भयाबह, भाइरस नियन्त्रण बाहिर



एजेन्सी ११ असार : अमेरिकामा कोरोना संक्रमणको स्थिति भयाबह बन्दै गएको छ । नया संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ त्यसकारण भाइरसमाथि नियन्त्रण नभइरहेको जनाइएको छ । आगामी केही हप्ताका लागि अवस्था एकदमै गम्भीर भएको ह्वाइट हाउस कोरोना टास्क फोर्सका शीर्ष संक्रामक रोग विशेषज्ञ डा.एन्थनी फौसीले बताएका छन्।

डा.फौसीले संक्रमको मात्र बढेको कारण मानिसहरुलाई भीडभाडमा नजान र मास्क अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । अमेरिकी नागरिक हरुले सामाजिक दुरी कायम नगरेको र राज्यले अवस्थाको गम्भीरतालाई समावेश नगरिकन लकडाउन खुलुको पारेकोमा डा.फौसीले आपत्ति जनाएका छन्। अमेरिकामा करिब २३ लाख मानिसहरु संक्रमित भएका छन् भने एक लाख २० हजारको मृत्यु भएको छ। अमेरिकामा मृत्यु र संक्रमण दरमा कमी भने देखिएको छैन।



प्रतिक्रिया दिनुहोस्