Logo

नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन : देउवा



काठमाडौं, ११ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला र पुरूषबीच विभेदको रेखा कोर्न नहुने भन्दै छोरालाई बढि र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले हिजो (बुधबार) यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

हेरौं देउवाको ट्विट:

उनले लेखेका छन्-‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि। नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु । जय नेपाल।’

 

 



प्रतिक्रिया दिनुहोस्