Logo

भारत र चीनका सैनिक भिडन्तका लागि तयारी अवस्थामा



एजेन्सी, १२ असार । भारत र चीनबीच युद्धको सम्भावना बढेको छ । लदाखको गलवान क्षेत्रमा दुवै देशको सैनिक भिडन्तको अवस्था तयारी अवस्थामा रहेसँगै युद्धको सम्भावना बढेको हो । दुवै देशले स्थल, वायु र जल सैनिकलाई एलर्ट राखेको खबर आएको छ ।

गलवानको यसअघि भिडन्त भएको क्षेत्रमा चीनले ठुलो संख्यामा सैनिक र सैन्य उपकरण तयारी अवस्थामा राखेको तस्बिर सार्वजनिक भएको छ । स्याटलाइट तस्बिरमा चीनको ठुलो संख्यामा सैन्य उपस्थिति देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त स्थान विवादित भुमि हो जसलाई भारत र चीन दुवैले दाबी गर्दै आएका छन् ।

भारतले चिनियाँ सेनाको गतिविधिप्रति गम्भीरता देखाउँदै विगतको सम्झौता पालना गर्न भनेको छ । विवादित क्षेत्रमा सैन्य गतिविधि नगर्ने सम्झौताको पालना नगरे उत्पन्न परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ । भारतको विदेश मन्त्रालयले बिहिबार साँझ विज्ञप्तिमार्फत् हालको परिस्थितिले सम्बन्ध विकासको वातावरण बिगार्ने समेत भनेको छ ।

भारत चीन सिमाको डेढ किलोमिटर भारतीय क्षेत्र भित्रसम्म चिनियाँ सेना प्रवेश गरी पूर्वाधार निर्माण गरेको भारतीय रक्ष विज्ञहरुको भनाई रहेको छ । यसले त्यहाँ युद्धको खतरा बढाएको छ । कुनैपनि बेला भिडन्तको सम्भावना रहेको छ ।

चीनले दश हजार भन्दा संख्यामा गलवान उपत्यकाको क्षेत्रमा सैनिक परिचालन गरिसकेको छ । भारतले पनि ३० हजारभन्दा बढी सैनिक पुर्याएको खबर छ ।

चीनले रणनीतिक मार्ग नै रोकिने गरी सैनिक परिचालन गरेको भारतको आरोप छ । कतिपय भारतीय भुमिमा चिनियाँ सैनिक पसेको खबरहरु आइरहेका छन् जसलाई चीनले आफ्नो दाबी गरेको छ ।

चीनले पाकिस्तान नियन्त्रित काश्मिरको कतिपय भुभागमा समेत कब्जा जमाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । द्रुत गतिमा पाकिस्तान शासित काश्मिर र गिलगिट बलतिस्तानको महत्वपूर्ण भुभागमा कब्जा जमाएको भनेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्