Logo

सगरमाथाको चुचुरो चीनले नक्शामा आफ्नोतर्फ राखेकोमा परराष्ट्र मन्त्रालय बोलेन



काठमाडौं, १२ असार । परराष्ट्र मन्त्रालयले हिजो साँझ एक प्रेस विज्ञप्तिमार्फत् चीनले नेपाली भुमि अतिक्रमण नगरेको भनेको छ । उसले यस्तो खबरलाई निराधार भनेको छ । तर, चीनले सगरमाथाको चुचुरो आफ्नोतर्फ नक्शामा उल्लेख गरी प्रचार प्रसार गरिरहेकोमा सरकार अझै बोलेको छैन ।

परराष्ट्र मन्त्रालयले गुगल नम्शामा समेत सगरमाथा चीनतर्फ देखाइरहेको जान्दा जान्दै पनि मौनता साँधेको छ । यसअघि चिनियाँ राष्ट्रिय टेलिभिजन सीजीटीएनले पनि सगरमाथाको चुचुरो आफ्नो भनी प्रचार गरेको थियो । चौतर्फी विरोधपछि साझा भनी प्रचार प्रसार गरेको छ । तर, विश्वभर सगरमाथाको चुचुरो नेपालकै हो भनी जानिन्छ । विश्वले यसरी चिन्दा पनि चीनले आफ्नो तर्फ राखेकोमा सरकार मौन हुनुले धेरै प्रश्न जन्माएको छ ।

सरकारले हिजो सगरमाथाको विषय नउठाई अन्य विषयमा चीनले सिमा अतिक्रमण नगरेको भन्यो । अतिक्रमण भएको भन्ने रिपोर्टलाई सम्बन्धित मन्त्रालयले नै अस्तित्वमा नरहेको खण्डन गरेको उल्लेख गरेको थियो ।

मन्त्रालयले खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कृषि मन्त्रालयले नेपाल चीन सिमामा नेपाली भुमि अतिक्रमणको रिपोर्टको खण्डन गरिसकेको र यो विषय उक्त मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।

५ अक्टोबर १९६१ को सिमा सन्धीमा आधारित रहेर नेपाल र चीनको सिमाना नक्शांकन र सिमांकन भएको भन्दै खबरहरुमा उल्लेख भएको पिलर नम्बर ३७ र ३८ हराएको भन्नै मिडिया रिपोर्ट निराधार भनेको छ । उक्त सिमा स्तम्भ नगाडिएको र प्राकृतिक अवस्थितिलाई मानिएको भनेको छ ।

गुगल नक्शामा चीनतर्फ देखाइएको सगरमाथाका्े चुचुरो

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले एभरेष्ट चीन-नेपाल सीमामा पर्छ भनी तस्बिरसहित गरेको ट्वीट



प्रतिक्रिया दिनुहोस्