Logo

पार्टीले प्रधानमन्त्री ओलीको आज/भोलि नै विकल्प खोज्ने स्थिति देखेको छैन् : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीले आज भोलि नै विकल्प खोज्ने स्थिति आफूले नदेखेको स्पष्ट पारेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘विशेष कुराकानी’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महासेठले भने-‘नेपाली जनताले पाँच वर्ष सरकार चलाउन भनेर उहाँलाई म्याण्डेट दिएका हुन् । यो सरकारजत्ति काम कुनैपनि सरकारले गरेको छैन् । जहाँसम्म विकल्पको कुरा छ, पार्टीले त्यो सोचेको छैन् । अध्यक्ष प्रचण्डले पनि यो सोच्नुभएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्