Logo

नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरू भएको हो । गत बुधबारदेखि सुरू बैठकमा आज स्थायी कमिटी सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् । बुधबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । बैठकको सुरुवाती दिनमै शीर्ष नेताहरुबीच चर्काचर्की परेको थियो ।

सरकारको काम प्रभावकारी भएन भन्ने नेताहरुको गुनासो छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सरकारले अप्ठ्यारो परिस्थितिका बावजुदपनि धेरै राम्रा काम गरेको दाबी गरेका छन् । बरिष्ठ नेता माधव कुमार नेपालले सरकारले के/कति राम्रा काम गरेको छ ? भनेर हेर्नका लागि ‘ग्राउण्ड’ मा जान समेत प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । नेकपाको स्थायी कमिटीको यो पाँचौ बैठक हो ।

बैठकमा सरकार र पार्टीको कामको समिक्षा, एमसीसी, कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा, नेपालको सिमा समस्या र समाधानको सम्बन्धमा, पार्टी एकताका बाँकी कामहरु र विविध एजेण्डामा छलफल हुने जनाईएको छ । विविधमा रुकुमपश्चिम सोती घट्ना र नागरिक विद्येयकका सम्बन्धमा छलफल हुने जनाईएको छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्