Logo

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विन लादेनलाई ‘सहिद’ भने



एजेन्सी, १२ असार । बिन लादेनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘सहिद’ भनेका छन् । त्यो पनि पाकिस्तानको संसदमा ।

अमेरिकाले आतंकवादी घोषित गरी सैन्य कारबाहीमा मारिदिएको अल कायदाका तत्कालिन नेता विन लादेनलाई खानले बिहिबार संसदमा सम्बोधनका क्रममा सहिद भनेका हुन् । उनले सम्बोधनका क्रममा अमेरिकाले लादेनलाई सहिद बनाइदिएको भनेका थिए ।

पाकिस्तानको बजेट सम्बन्धी छलफलका क्रममा खानले आफूभन्दा अगाडिका प्रधानमन्त्रीहरुको समेत चर्को आलोचना गरे । उनले पाकिस्तानले अमेरिकासँग मिलेर गरेको आतंकवादविरुद्धको लडाईंलाई गम्भीर गल्ती भने ।

रातको समयमा अबोटावादमा २ मे सन् २०११ मा पाकिस्तानलाई कुनै जानकारी नगराई आक्रमण गरेकोमा समेत आलोचना गरे । उनको भनाई उदृत गर्दै टाइम म्यागजिनले लेखेको छ, ‘हामी अमेरिकाको साथमा आतंकवादविरुद्धको लडाईंमा थियौं तर उनीहरु हामीलाई थाहै नदिई हाम्रो भुमिमा पसेर बिन लादेनलाई मारिदिए, सहिद बनाइदिए ।’

बिन लादेन

अमेरिकाले पाकिस्तानको बेइज्जत गर्ने कार्य गरेको आरोप समेत लगाए । अफगानिस्तानमा अमेरिकाले आफ्नो सफलताको दोष पाकिस्तानलाई लगाइरहेको खानको भनाई थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्