Logo

अरुण सुवेदीको दाबी : एमसीसी सम्झौतामा आपत्तिजनक शर्तहरु केही पनि छैनन् (भिडिओसहित)



काठमाडौं, १२ असार । राजनीतिक विश्लेषक तथा कुटनीतिक मामिलाका जानकार अरुण सुवेदीले आफूले एमसीसी सम्झौतामा आपत्तिजनक शर्तहरु केही पनि नदेखेको स्पष्ट पारेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सडकमा भनिएजस्तो सेना ल्याउने कुरा केहीपनि सम्झौतामा नभएको दाबी गरे । उनले जसको बौद्धिक सम्पत्ति हो उसकै अधिकार लाग्ने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्