Logo

प्रधानमन्त्री ओलीबिनै नेकपा स्थायी कमिटी बैठक जारी



काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित् भएका छैनन् । बैठकमा आफू उपस्थित् हुन केही समय लाग्ने जानकारी गराउँदै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालन गर्न आग्रह गरेको र सोहीअनुसार दाहालको अध्यक्षतामा बैठक जारी रहेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । ती नेताकाअनुसार ओलीले आफू अर्कै काममा व्यस्त भएकोले बैठकमा आउन ढिला हुने जानकारी गराएका थिए ।

यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र दाहालले मन्तव्य राखेका थिए ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्