काठमाडौं, १२ असार । आज पनि कोरोना भाइरसको ठुलो संख्या थपिएको छ । आज थपिएको संख्या सँगै कुल संक्रमित साँढे ११ हजार नाघेको बुझिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले अपरान्ह ४ बजे नियमित प्रेस ब्रिफिङमा दिनेछ ।
दैनिक तीन देखि सात सयको हाराहारीमा संक्रमित थपिने क्रम जारी छ । असारभर संक्रमितको वृद्धिदरले गति लिएको छ ।
यसअघि हिजो संक्रमित संख्या ११ हजार एक सय ६२ पुगेको थियो । अहिलेसम्म कुल मृतक संख्या २६ जना पुगेको छ ।




प्रतिक्रिया