Logo

प्रधानमन्त्री ओलीले महासचिवमार्फत सन्देश पठाए ‘म आउन सकिन दाहालले बैठक चलाउनु’



कठमाडौ १२ असार। शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रहस्यमय अनुपस्थिति भयो। उनी बैठकमा आएर काम परेर बाहिर निस्केको नभई बैठकमानै अनुपस्थित रहेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले महासचिव विष्णु पौडेलमार्फत बैठकमा आफु जरुरी काम परेकोले आउन नसक्ने सन्देश पठाएका थिए । उनले अध्यक्ष पुष्पकमल दाहालले बैठक संचालन गर्दै गर्नु भनि सन्देश पठाएको श्रेष्ठले जानकारी दिए ।

शुक्रबारको बैठकमा बिशेषगरी सरकारले कालापानी तथा लिम्पियाधुरालाई समेटेर हालै जारी गरेको नक्साका बिषयमा छलफल भएको पनि श्रेष्ठले जानकारी दिए । बैठकमा नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेकोमा चिन्ता प्रकट गरेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्