Logo

द्रौपदीको जन्मदेखिका कहानी



महाभारतमा द्रौपदीलाई आगोबाट जन्मिएकी छोरीको रुपमा वर्णन गरिएको छ । पांचाल देशका राजा द्रुपदको कुनै सन्तान थिएनन्, उनले एक यज्ञ लगाउदा द्रौपदीको जन्म भएको हो । उनै द्रौपदी पाँच पांडवको रानी बनेकी थिइन् । उनी निकै सुन्दरी थिइन् ।

द्रौपदी र पाँच पाण्डवका पाँच छोरा थिए सबै महाभारत युद्धमा मारीएका हुन् । पाँच सन्तान भएपनि उनी आजीवन कुमारी रहेको कथामा भेटिन्छ । उनको सबै छोराहरु देवताको आह्वानबाट जन्मिएका थिए ।

द्रोपदीको जन्मको कारण

राजा दु्रपदले आफ्नो सन्तान नभएकाले राज्य सम्हाल्न र उत्तराधिकारी हुन छोरा होस् भन्ने चाहाना राखेर यज्ञ गरेका थिए । ऋषि द्रोणसँग उनको मनमुटाव भइरहन्थ्यो । अर्जुनले उनको आधा राज्य जितेर ऋषि द्रोणलाई दिएका थिए । राजा द्रुपद यो कुराले निकै चिन्तित थिए यसैले बदला लिने सोचमा थिए, जसको लागि यज्ञ लगाए । यज्ञ लगाएपछि द्रौपदीको जन्म भयो र साथमा एक छोराको पनि जन्म भयो, जसको नाम धृष्टधुम्न थियो ।

द्रौपदीको जन्मदा आकासवाणी–यो केटीको कारण कुरु वंशको पतन हुनेछ

द्रौपदीको स्वयम्बरको आयोजना हुदाँ पाँच पाण्डव अज्ञातवासमा थिए । राजा दु्रपदले आफ्नो छोरीको लागि एक धनुष प्रतियोगिता राखे । उक्त धनुष प्रतियोगितामा जित्नेले द्रौपदीको विवाह गरिदिने घोषणा गरे । उनले द्रौपदीको विवाह धर्नुधारीसँग गराउन चाहेका थिए ।

पाण्डवहरु भोजनको समयमा बाहिर निस्केको समयमा द्रौपदीको विवाह उत्सवमा पुगे । अर्जुनले चलाएको तीरले निशाना लगायो र द्रौपदीलाई जीते र विवाह भयो । द्रौपदीलाई जितेर वनवासमा पु¥याएपछि कुन्ती ध्यानमा बसेको बेला अर्जुनले जितेर ल्याएको प्रसाद सबै दाजुभाईले बाँडेर लिनु भनेपछि द्रौपदी पाँच भाईलाई बाडिइन् । द्रौपदी वनवास, हस्तिनापुर र इन्द्रप्रस्थमा पनि पाण्डवहरुसँगै थिइन् । सबै कष्ट उनले पनि भोग्नु पर्यो ।

द्रौपदी धेरै सुन्दर भएकोले धेरैको नजर उनीमाथी परेकाले अनेक कष्ट भोग्नु परेको थियो । उनले पाँच पांडवहरुलाई राम्ररी बुझेकोले सबैलाई सम्मान दिने गर्थिन् । उनी समस्त नारीहरुको पक्षमा आवाज उठाउने पहिलो महिला मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्