Logo

२०२३ मा रुसबाट अन्तरीक्षमा पर्यटकले यात्रा गर्ने



एजेन्सी १२ असार । दुईजना पर्यटकले सन् २०२३ मा रुसबाट अन्तरीक्षको यात्रा गर्ने भएका छन् । उनीहरु अन्तरीक्षमा घुम्न जानेछन् । रुसी एनर्जीया रकेट कर्पोरेशन र अमेरिकी स्पेस एडभेन्चरको हस्ताक्षर गरिएको सम्झौता अन्तरगत अन्तराष्ट्रिय स्पेस स्टेसन(आइएसएस) को यात्रा गर्नेछन् । यात्रा गर्ने विषयलाई रुसी कम्पनिले बिहीबार सार्वजनिक गरेको हो ।

रुसी र अमेरिकी स्पेस कम्पनिबीच भएको सम्झौता अन्र्तगत दूई पर्यटक यात्रा गर्नेछन् । सन् २०२३ मा रुसी एयरक्राफट विमान सोयुज एमएसले पर्यटकलाई लिइ आइसएस उडान भर्ने योजना रहेको जनाइएको छ । यात्रा भर्ने दूई मध्ये एक अमेरिकी पर्यटकले विज्ञसंगको साझोदारीमा स्पेस वाक गर्ने योजना रहेको जनाइएको छ । रुस र अमेरिकाको संयुक्त साझेदारीमा सन् २००१ देखि २००८ सम्म आँठ वटा स्पेस फ्लाइटले उडान भरिसकेको छ ।-तास



प्रतिक्रिया दिनुहोस्