Logo

अदालतमा मुद्दा जित्ने भालेको मृत्यु



काठमाडौं, असार १३ । फ्रान्समा मोरिस नाम गरेको कुखुराको भालेको मृत्यु भएको छ ।

बिहानको समयमा बासेको भन्दै आफ्नो मालिकलाई अदालत पुर्‍याइएपछि चर्चामा आएको मोरिसको ६ वर्षको उमेरमा मृत्यु भएको हो ।

ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दुस्ख दिएको बताएपछि मोरिस ध्वनि प्रदूषणसम्बन्धी मुद्दामा परेको थियो ।

फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक बनेको मोरिसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो ।

गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाएर उजुरी दिने व्यक्तिलाई क्षतिपूर्तिबापत ११ सय अमेरिकी डलर ९करिब १ लाख ३४ हजार रुपैयाँ० जरिवाना गराएका थिए ।

त्यसपछि ग्यालिक मूलको कुखुराको भालेलाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलिएको थियो ।

मोरिसको मृत्यु गत मे महिनामा भएको बताइएपनि उसलाई पालेका व्यक्ति कोरिन फेसेअउले भने ढिलो गरी मृत्युको समाचार सार्वजनिक गरेका हुन् । लकडाउनका बीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय रहेको हुदा समाचार सार्वजनिक नगरेको कोरिनको भनाई छ । नयाँ भाले किनेर उसको नाम पनि मोरिसनै राखेका कोरिन भन्छन्, नयाँ मोरिसको आवाज मिठो भएपनि पुरानो मोरिस कहिल्यै बन्न सक्दैन ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्