Logo

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे



काठमाडौ, १३ असार । नेपालमा कोरोना संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अस्पतालहरूको तथ्यांकले औंल्याएका छन् । कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

लकडाउनसंगै सरकारले अति आवश्यक वाहेक अन्य सेवा सुचारु नगर्न भनेकोले आवश्यक सेवा मात्र थिए । लकडाउन खुकुलो भएपछि अस्पतालमा उल्लेख्य विरामी नपुगेको अस्पतालका निर्देशक डा। केदार प्रसाद सेन्चुरीले बताए । निर्देशक सेन्चुरीको अनुसार कोभिड १९ को संक्रमण अस्पतालवाट हुन्छ भन्ने त्रासले पनि विरामी सकेसम्म अस्पताल आउन चाहाँदैनन्, लकडाउनले सवारी नपाएपछि उपत्यका वाहिरका विरामी पनि आउन नसकेकोले अस्पतालमा सेवा लिनेको संख्या अन्यन्त न्युन रहेको हो ।

विवरण अनुसार यस अघि लकडाउन अघि टिचिङ अस्पताल महाराजगंजमा दैनिक एक सय ५० जना आकस्मिक कक्षमा विरामी आउँथे । अहिले यो आकस्मिक कक्षमा दैनिक ५० जना मात्र आउँछन् ।

परोपकार प्रसुति गृह अस्पतालमा पनि पहिलेको तुनलामा प्रसुति हुन आउनेको संख्या घटेको छ । अस्पतालमा फागुन महिनामा दुई हजार जना प्रसुति हुन आएका थिए भने जेठ महिनामा १५ सय ५० भित्र झरेका छन् । अस्पतालको अन्य सेवामा पनि विरामीको चाप घटेको अस्पालकी निर्देशक डा। संगिता मिश्रले बताइन् । कोभिड १९ पछि अस्पतालले स्त्रीरोगका अन्य सेवा बन्द गरेको र अहिले पुन संचालन सुरु भएको उनले जानकारी दिइन् ।

कोभिड १९ र लकडाउनको कारण अस्पतालमा ५० प्रतिशत भन्दा बढी बिरामीको चाप र सेवा घटेको काठमाडौं मेडिकल कलेजले जनाएको छ । अस्पतालकी प्राध्यपक डा।चन्दा कार्कीको अनुसार अस्पतालको आकस्मिक कक्षमा लकडाउन अघि प्रति दिन ६५÷७० जना आउँथे । अहिले ३५÷४० जना मात्र आउँछन् । पहिला दैनिक १४ सय विरामी बहिरंग विभागमा सेवा लिन्थे भने अहिले मुस्किलले तीन÷चार सय पुग्छन् ।

अस्पतालकी प्राध्यपक डा। चन्दा कार्कीका अनुसार कोभिड १९ को संक्रमणको डरको कारण र लकडाउनले सवारी साधन सजिलै नपाउने भएपछि आकस्मिक कक्षमा विरामी आउन छोडेका हुन् । अर्कोतिर सरकारको निर्देशन अनुसार अस्पतालले सामान्य समस्या भएका नियमित विरामीको लागि अस्पतालले फोनवाटै विरामीलाई परामर्श दिने गरेको छ । फोनको परामर्शले नपुग्ने भएपछि मात्र अस्पताल आउनु पर्ने बाध्यताका विरामी मात्र अस्पताल पुग्ने गरेको समाचार आजको नागरिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्