Logo

अमेरिका-चीन तनाव बढ्यो, चीनका अधिकारीहरुलाई अमेरिकामा भीसा प्रतिबन्ध



एजेन्सी, १३ असार । अमेरिका र चीनबीच फेरि तनाव बढेको । अमेरिकाले चीनका अधिकारीहरुलाई भीसा प्रतिबन्ध लगाएपछि तनाव बढेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व र बहालवाला उच्च अधिकारीहरुलाई भीसा प्रतिबन्ध लगाइने शुक्रबार बताएका हुन् । हङकङमा नयाँ सुरक्षासम्बन्धी कानुन लागु गर्न भुमिका खेलेकोमा ती अधिकारीहरुलाई प्रतिबन्ध लगाइने उल्लेख छ ।

अमेरिकाले हङकङको आन्दोलनमा चासो लिदै आएको छ । त्यहाँ मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै चीनको आलोचना गर्दै आएको छ ।

अमेरिकाको हङकङको घटनाक्रमप्रतिको चासोमा चीन रुष्ट छ । उसले अमेरिकालाई रङ्गभेद अन्त गर्न ध्यान दिन भन्दै आफ्नो देशमा चासो नलिन चेतावनी दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्