Logo

गीत रेकर्ड गरेको भोलीपल्ट लोकगायक दीपकले गरे आत्महत्या



काडमाडौ, १३ असार । लोक गायक दीपक परियारले आत्महत्या गरेका छन् । गुल्मी दरबार गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार बस्दै आएका गायक परियारले शुक्रबार विहान आत्महत्याको प्रयास गरेका थिए । विहान ९ बजेतिर श्रीमती घर वाहिर गएको मौका छोपी कोठाको सिलिङ फ्यानमा नाईनलको डोरीमा झुन्डिएका थिए ।

झुन्डिएको केहि बेरमै श्रीमती अनिता र स्थानीयहरुले उद्धार गरि उपचारका लागि भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेज लगेका थिए । उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । लोक गायनको क्षेत्रमा परिचित हुँदै गएका परियार विगत एक वर्षदेखि तिलोत्तमा कान्छी बजार स्थित श्रीमती अनिताको दिदि भिनाजूको घरमा बस्दै आएका थिए ।

दिदि भिनाजू भारतमा बसोबास गर्ने भएकाले दीपक र अनिता चार कोठे एक तले घरमा बस्दै आएका थिए । विहिबारमात्रै उनले तीजको नयाँ गीत रकेर्ड भएको भन्दै माया गरिदिन आग्रह गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका थिए । गीत रेकर्ड गरेको भोलीपल्ट शुक्रबार विहान भने एकाएक आत्महत्याको खबर आएपछि कलाकारहरुले आश्चर्य प्रकट गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका परियारको घटनाले कलाकारितामा ठूलो क्षती पुगेको भन्दै कलाकारहरुले दुःख व्यक्त गरेका छन । दीपकको शव पोष्टमार्ट गरिएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए । शवलाई भैरहवाको भीम अस्पतालमा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्