Logo

नेपाली सेनाले कालापानी क्षेत्रमा सडक निर्माण गरेकोमा भारतीय मिडियाको चासो



काठमाडौं, १३ असार । नेपाली सेनाले दार्चुला टिंकर सडक निर्माण गरेकोमा भारतीय मिडियाले चासो व्यक्त गरेको छ । महाकाली कोरिडोरका नामले चिनिने सडक सेनाले निर्माण गरिरहेको भन्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।

यो सडक नेपालले भारतसँगको परनिर्भरता कम गर्न निर्माण गरिरहेको स्रोतलाई उदृत गर्दै भनिएको छ । सडक निर्माण पूरा भएपछि स्थानीयको परनिर्भरता घट्ने र सीमा पोष्ट राखेको सशस्त्र प्रहरी बलले पनि सहजताका साथ पेट्रोलिङ गर्न सक्नेछ ।

घाँटियाबगरमा हेलिप्याड निर्माण गरिएको विषय पनि उल्लेख गरिएको छ । भारतले कालापानी क्षेत्रमा नेपालको गतिविधिप्रति चासो बढाइरहँदा यो समाचार प्रकाशित भएको हो ।



प्रतिक्रिया दिनुहोस्