Logo

‘संविधान विपरीतको नागरिकता ऐन अमान्य’



काठमाडौं, असार १३ । संविधानको मूल मर्म विपरीत बन्ने कानुन आफ्नो पार्टीलाई मान्य नहुने नेपाली कांग्रेसले बताएको छ। नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमाथि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बैबाहिक अंगीकृत नागरिकता सम्बन्धमा सात वर्षको प्रावधानप्रति कांग्रेसले असन्तष्टि जनाएको हो।

जिल्ला सभापतिहरुसँगको छलफलमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख एवं केन्द्रीय उपसभापति विमलेन्द्र निधिले संविधान उल्लंघन गर्न नहुनेमा जोड दिए। ‘नागरिकताका विषयमा नेपालको संविधानले व्यवस्था गरे विपरित कानुन निर्माण गर्न खोज्नु संविधानको उल्लंघन हुन्छ,’ उनले भने, ‘संविधान विपरीत कानुन बनाउन पाइँदैन।’

कानुन र नियमहरु संविधान विपरीत बन्न नहुने भन्दै निधिले संविधानवादको मान्यता सबैले अवलम्बन गर्नुपर्ने बताए। बैबाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने सत्तारुढ दल नेकपाको निर्णयअनुसार नागरिकता विधेयक समितिले बहुमतबाट पारित गरिसकेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्