दोलखा, असार १३ । बहुचर्चित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाइफोर्केसन र तेर्सो सुरुङमा पेनस्टक जडानको मात्र काम बाँकी छ।
आयोजनाको अर्को महत्वपूर्ण सुरुङको रूपमा रहेको ५० मिटर लम्बाइको बाइफोर्केसन पाइपको जडान कार्य अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए।
तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङलाई जोड्ने ३ दशमलव ७ मिटर स्लोप भएको सय मिटर लम्बाइको तेर्सो सुरुङमा पेनस्टक जडानको काम भने माथिल्लो ठाडो सुरुङको काम सम्पन्न भएपछि भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले नै गर्ने प्रवक्ता न्यौपानेले जनाए। बाइफोर्केसन तथा तेर्सो पेनस्टक पाइपको जडान सक्न करिब २ महिना सम्पन्न हुने आयोजनाले बताएको छ।
आयोजनाको पछिल्लो प्रगतिप्रतिवेदन अनुसार असोज अन्तिमसम्म एउटा युनिटबाट परीक्षणको रूपमा ७६ मेगावाट विद्युत् उत्पादन हुने आधार तयार भएको आयोजना सम्वद्घहरूको दाबी छ। आयोजनाको सबैभन्दा कठिन मानिएको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा असार १० सम्म १२ दशमलब ५ मिटर पेनस्टक पाइपमात्र जडान बाँकी छ। ३७३ मिटरको तल्लो ठाडो सुरुङमा दुई हप्ताअघि नै पेनस्टक पाइप जडान सम्पन्न भइसकेको प्रवक्ता डा। न्यौपानेले बताए। टेक्सम्याकोले असार १० गते माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडान सुरु गरेकोे एक वर्ष पुगेको छ।
जलाशय, गेट, स्पटपलक, डिस्यान्डरलगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्र्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा रोकिएको थियो। आयोजनाले भूमिगत विद्युत् गृहमा गरेको सुख्खा परीक्षण यसअघि सफल भइसकेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।




प्रतिक्रिया