Logo

कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ- गणेश शाह, नेकपा नेता



काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य गणेश शाहले कालापानी, लिपुलेक र लिम्पियाधुराको भोगचलन समेत गर्नुपर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । त्यसका लागि कुटनीतिक वार्तामा जोड दिएका छन् । यसै सेरोफेरोमा शाहसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
हिजोको स्थायी समिति बैठकमा के के भयो, प्रधानमन्त्री किन जानुभएन ?
अहिले पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । यो झन्डै झन्डै ६ महिनापछिको बैठक हो । त्यसमा हाम्रो केही एजेन्डाहरु पारित भए । सीमा समस्या समाधानका एजेन्डाहरु मुख्य हो । त्यसमा नेपाली जनतालाई पनि थाहा छ । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित समेटेर नक्सा जारी गरेको छ । त्यो प्रतिपक्षी दलदेखि सबै दलहरु र सम्पूर्ण जनता एकढिक्का भएर पारित भएको छ ।
पारित त भयो तर भूमि चाहीं कसरी फिर्ता गर्ने त ?
त्यो भूमि त पहिलादेखि नै नेपालकै हो । भारतीय पक्षले त्यहाँ सेना राख्दै आएको र पछिबाट बाटो खनेर उद्घाटन समेत गरिसकेको छ । अब यो भूमि फिर्ता ल्याउनको लागि पहिला त्यहाँबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने हुन्छ । त्यसको लागि भारतीय पक्षसँग कुटनीति वार्ता गर्नुपर्छ । राजनीतिक, कुटनीतिलगायत विभिन्न लेभलको वार्ताबाट मात्रै यो समस्या समाधान हुन सक्छ । भारतसँग यो मात्रै होइन डुबानका समस्याहरु पनि छन् । नेपाल र भारतको पहिलादेखिको खुला सिमानाले गर्दा धेरै ठाउँमा सीमा समस्याहरु छन् । त्यसलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु छन् । नेपाल र भारतको सम्बन्धमा पनि १९५० सन्धिमा पनि स्पष्ट छ ।
हिजो परराष्ट्र मन्त्रीले भनिसक्नुभएको छ, चीनसँग कुनै समस्या छैन तर भारत वार्ताको लागि तयार छैन भनेर ?
त्यसको लागि कुटनीतिक वार्ता गर्नुपर्छ । त्यो जी टू जी (सरकार र सरकार) बीचमा वार्ता हुनुपर्छ । पब्लिक डिप्लोम्यासी जनताको चाहनालाई पनि लिनुपर्छ । त्यसको लागि योभन्दा पहिला नाकाबन्दीको बेलामा पनि वार्ता गर्ने भनेर हामीहरुले प्रस्ताव गरेका थियौं । अहिले पनि नेपालले नै भारतसँग कुटनीतिक माध्यमबाट वार्ताको पहल गर्नुपर्छ । यो समस्याको समाधान वार्ताको माध्यमबाट मात्रै हुन्छ ।
हिजोको बैठकमा प्रधानमन्त्री के कारणले आउनुभएन ?
हिजोको वार्तामा प्रधानमन्त्रीज्यू आउनुभएन । त्यसकारण कारण चाहीं अहिलेसम्म खुलाइएको छैन । पछि आउनुहुन्छ भन्ने कुरा थियो, आउनुभएन । साथीहरु चाहीं उहाँले आउनुपर्ने, उठेका कुरा सुन्नुपर्ने भन्ने कुरा भयो ।
पार्टीको बैठक पार्टी कार्यालयमै बस्नुपर्ने होइन ? किन बालुवाटारमा बस्यो ?
यो सचिवलायको कुरा हो किन बालुवाटारमा गरियो । पार्टीको बैठक चाहीं पार्टी कार्यालयमै बस्नुपर्ने हो । यसको बारेमा सचिवालयमा छलफल हुन्छ होला । पार्टीको बैठक, छलफल र बहस पार्टी कार्यालयमै हुनुपर्छ भन्ने मेरो पनि धारणा हो । स्थायी समिति बैठक बालुवाटारमै भइरहेको छ । आज पनि त्यहीं हुन्छ । हिजो प्रधानमन्त्रीज्यू आउनुभएन । आशा गरौं, आजको बैठकमा आउनुहुन्छ होला ।
पार्टीको बैठक सरकारी निवासमा किन गरियो भनेर सामाजिक सञ्चालहरुमा जताततै आलोचना भएको छ नि ?
यसमा जसरी आलोचना भएको छ । त्यसलाई विचार गरेर आगामी दिनहरुमा कदमहरु उठानुपर्ने हो । आजा यो बारेमा सचिवालयले केही निर्णय लिन्छ कि म अहिले नै केही भन्न सक्ने अवस्थामा छैन ।
बालुवाटारमा बैठक राखिएकोमा तपाईंको पनि असहमति छ होइन ?
मेरो त पहिलादेखिकै धारणा हो, पार्टीको बैठक पार्टी कार्यालयमै हुनुपर्छ भनेर । त्यसलाई मैले सधैं उठाइरहेको छु ।
नेताको घाँटीमा कोरोना भगाउने कार्ड छ, माधव नेपालले वितरण गर्नुभयो, नेपालमा यसको औषधि आइसक्यो ?
कोरोनाको औषधि आइसकेको छैन । यसको औषधि अहिलेसम्म संसारभरि अनुसन्धानको क्रममा छ । यसबाट बँच्ने दुईवटा उपाय हुन्छ । एउटा औषधि नै हो, अर्को भनेको अहिलेसम्म अपनाइँदै आएको भौतिक दुरी कायम गर्ने, माक्स लगाउने, भीडाभाडबाट जोखिने लगायतका नियमहरु पालना गर्ने नै हो । यसबाट सुरक्षित हुने मात्रै हो । अहिले नै औषधि चाहीं आइसकेको छैन । तपाईंहरुले सुन्नुभएको होला रामदेवजीले निकाली सक्नुभयो भन्ने । त्यो अहिलेसम्म विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भइसकेको छैन । यसरी धेरै ठाउँबाट प्रयासहरु भइरहेका छन् । यो सबै सुरक्क्षात्मक प्रयास मात्रै हो । उपचारात्मक उपाय होइन । मैले थाहा पाएसम्म कोरोनाको औषधि संसारमा आइसकेको छै्रन । अहिलेसम्म आएको छैन । चाँडै आउँदैछ भनिएको छ । आशा गरौं चाँडै आएपछि नेपाल पनि लाभान्वित हुन्छ ।
माधव नेपालले बाँड्नुभएको कोरोनाको औंषधि चाहीं के के रहेछ त ?
उहाँले बाँड्नुभएको औषधिमा विशेष गरी क्लोरिनको कुरा लेखिएको छ । यसमा अब वैज्ञानिक कुराहरु होलान् । एक, दुईवटा अरुपनि कुरा छन् । मैले पनि डिटेलमा हेरेको छैन । त्यसैले यो औषधि नै होइन । मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने केही हो कि जस्तो लाग्छ ।
तर, धेरै नेताहरुमा चर्चा भयो, पहिला गलामा जन्तर झुण्ड्याउने गरिन्थ्यो, अहिले नेपालमा कोरोना भगाउने कार्ड ?
यसको बारेमा विभिन्न देशमा विभिन्नखाले उपायहरुको खोजिभइरहेको छ । त्यही खोजी र अनुसन्धानको चरणमा हो । त्यसैले लगाउने र खाने दुई अलगअलग चिज हो । लगाउने चिजमा उहाँलाई पनि कुनै संस्थाले विकसित गरेको हुनाले लिनुभएको होला ।
कार्डभित्र रेकर्ड पनि राखिएको छ रे नि क कसले के बोल्छन् भनेर सही हो ?
होइन, यो बेकारको हल्ला मात्रै हो । आजको दिनमा रेकर्ड नै गर्नुप¥यो भने त आफ्नै मोबाइल साइलेन्समा राखे भइहाल्छ नि । आजको दिनमा तपाईं त अझ मिडियाको मान्छे थाहा छँदैछ नि । त्यसैले कुनै कुरा रेकर्ड गर्नु ठूलो कुरा होइन । बैठकमा भएका कुरा माइन्यूटमा रेकर्ड भइहाल्छ । त्यसलाई रेकर्ड नै गर्नुपर्दैन होला ।
एमसीसीको बारेमा चाहीं के निर्णय भयो ठ्याक्कै भन्नुस् त ?
यसमा राजनीतिक एजेन्डाहरु नयाँ नयाँ ढंगले विकसित हुन्छ । परिस्थिति अनुसार पार्टीले निर्णय गरेर अगाडि बढाउने हो । त्यसकारण एमसीसीको बारेमा नेतृत्वहरुले छलफल गरेर एउटा सही निर्णय गर्ला भन्ने हामीले आशा र विश्वास गरेका छौं ।
एमसीसी पारित हुन्छ कि हुँदैन, तपाईंको स्थायी समिति बैठकले के गर्छ ?
अहिलेको बैठकमा यो एजेन्डामा छ । अब एमसीसीको बारेमा छलफल हुँदैछ, एक, दुई दिनमा एउटा निर्णय भएर बाहिर आइहाल्छ नि ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot